काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार एकैपटक १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासनसँगै कारागार व्यवस्थापन विभागको नेतृत्वसमेत परिवर्तन गरिएको हो।
निर्णयअनुसार कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी शशीधर घिमिरेलाई दिइएको छ। त्यस्तै, भोजपुरको प्रमुख जिल्ला अधिकारीमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल र प्युठानमा शान्ति राज प्रसाईंलाई पदस्थापन गरिएको छ।
गृह मन्त्रालयका अनुसार आगामी फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी बनाउन यो हेरफेर गरिएको हो। सरुवा भएका अधिकारीहरूलाई तत्काल नयाँ जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
प्रशासनिक संरचनामा गरिएको यस फेरबदललाई निर्वाचन सुरक्षा र शान्ति व्यवस्थापनलाई सुदृढ बनाउने तयारीका रूपमा हेरिएको छ।