काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएलगत्तै जेनजी समूहका मजिद अन्सारीले त्यसमा आपत्ति जनाएका छन्।
अन्सारीको मुख्य प्रश्न सहमतिमा जेनजी आन्दोलन र सरकारबीच २०८२ मंसिर २५ गते नेपाल राजपत्रमा प्रकाशित १० बुँदे सम्झौताको कार्यान्वयन बुँदा समावेश नभएको हो।
सामाजिक सञ्जालमार्फत् अन्सारीले भनेका छन् कि, “रक्षा बमज्यू तथा राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध पुरुषोत्तम यादवज्यू लगायत वार्तामा सामेलहरुलाई सोझो प्रश्न – रवि लामिछाने नेतृत्वको रास्वपा र बालेन्द्र शाहबीच भएको सहमतिमा किटानी सहित जेनजी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच भएको १० बुँदे सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता किन समेटिएन? तपाईंहरुको यस सम्बन्धमा सार्वजनिक धारणा के हो?”
यसरी, जेनजी आन्दोलनसँग सम्बन्धित पूर्व समझौताहरूको कार्यान्वयनबारे सार्वजनिक रूपमा प्रश्न उठेको छ, जसले आगामी राजनीतिक प्रक्रियामा छलफल र स्पष्टिकरणको आवश्यकता देखाएको छ।