नेकपा मोरङद्वारा संघीय निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस (सूचीसहित)

0 Shares

विराटनगर, मोरङ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी मोरङ जिल्ला समितिले आफ्ना उम्मेदवारहरूको नामावली टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ। जिल्ला कार्यदलले मोरङका ६ वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकतर्फका आकांक्षीहरूको नाम छनोट गरी पार्टी केन्द्रीय कार्यालयमा पठाएको हो।

जिल्ला कार्य समिति, विराटनगरले लोकतान्त्रिक विधिबाट सुझाव संकलन गरी समावेशी र क्षेत्रगत सन्तुलन मिलाएर नाम सिफारिस गरेको जनाएको छ।

सिफारिस भएका उम्मेदवारहरू:


कार्यदलको भूमिका

उम्मेदवार सिफारिसका लागि कुलप्रसाद साम्बा लिम्बूको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको थियो। जसमा सेवन्तराज भण्डारी, सोमेलाल राजवंशी, प्रकाश चौलागाईं, प्रेम मिभक, भोगेन्द्र यादव, ख्याम भट्टराई, विजय विश्वास, चन्द्रवीर राई, दीपक ढकाल, प्रकाश पौडेल, तुलसी ढकाल र रमेश कुमार शाह रहेका थिए।

जिल्लाले सिफारिस गरेका यी नामहरूमाथि अब पार्टीको केन्द्रीय कमिटीले अन्तिम निर्णय लिनेछ।

सम्बन्धित समाचारसबै