चिकित्सक संघको ध्यानाकर्षण: अनसनरत डा. भुसालको अवस्था नाजुक

0 Shares

काठमाडौँ । माइतीघर मण्डलामा विगत सात दिनदेखि आमरण अनसनमा रहेका डा. निकोलस भुसालको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ। नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका भुसालमा पछिल्ला दिनहरूमा शारीरिक जटिलता बढ्दै गएको संघले जनाएको छ।

संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार डा. भुसाललाई रिँगटा लाग्ने, शरीर सुन्निने जस्ता गम्भीर समस्या देखिन थालेका छन्। लामो समयदेखि भोजन त्यागेर अनसन बसिरहेकाले उनको जीवन जोखिममा पर्न सक्ने अवस्था आएको संघको निष्कर्ष छ।

यसप्रति गम्भीर चासो व्यक्त गर्दै नेपाल लको जीवचिकित्सक संघले डा. भुसान रक्षा गर्न तत्काल आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेको छ। संघले समयमै पहल नभए थप जटिलता उत्पन्न हुन सक्ने चेतावनीसमेत दिएको छ।

सम्बन्धित समाचारसबै