“गृहमन्त्री अर्याल: निर्वाचन पहिलो प्राथमिकता, सुरक्षाप्रणालीलाई बलियो बनाउँदै”

0 Shares

विराटनगर। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको मुख्य उद्देश्य सत्ता टिकिराख्नु नभई निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण सुनिश्चित गर्नु भएको बताएका छन्। विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले भने, “निर्वाचन लोकतन्त्रको आधार हो र सुशासन कायम गर्न आवधिक निर्वाचन अनिवार्य छ।”

उनका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले सबै तयारी पूरा गरिसकेको छ। निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ र समानुपातिक उम्मेदवारको नामावली पनि आयोगमा दर्ता भइसकेको छ।

अर्यालले जेनजी जनआन्दोलनपछिको असहज परिस्थितिलाई सामान्य बनाउँदै सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको बताए। उनले विश्वास व्यक्त गरे कि सुरक्षा गोष्ठीले कोशी प्रदेशको सुरक्षात्मक अवस्था बुझ्न र निर्वाचनलाई सुरक्षित रूपमा सञ्चालन गर्न सहयोग पुर्याउनेछ।

सम्बन्धित समाचारसबै