बोदेबरसाइन नगरपालिका वडा न. ५ तथा आशिर्वाद प्याथल्याब एण्ड क्लिनिकको आयोजकत्वमा निशुल्क स्वास्थ शिविर कार्यक्रम भएको छ ।
बोदेबरसाइन नगरपालिका अवस्थित रहेको चन्द्रा उच्च माध्यमिक विद्यालयमा बोदेबरसाइन नगरपालिका वडा न. ५ को कार्यालय तथा आशिर्वाद प्याथल्याब एण्ड क्लिनिक र गोल्डेल अस्पतालको प्रविधिक सहयोगमा उक्त शिविर गरिएको हो ।
शिविरमा वरिष्ट फिजिसिएन डा. श्याम कुमार रौनियार ,वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा.अजय महतो, स्त्री रोग विशेषज्ञ डा. प्रक्रिति आर्चाय , बाल रोग विशेषज्ञ डा. संतोष यादव,वरिष्ठ लेप्रोस्कोपी सर्जन एवम जी आइ सर्जन डा टेकनारायण यादब ,रेडियोलिजिश्ट डा रंजिब यादब लगायत अन्य स्वास्थकर्मीहरुको सहभागिता रहेको थियो ।
विहान १० बजे देखि सुरु गरिएको नि शुल्क स्वास्थ शिविरमा उपचार सहित औषधी वितरण , ब्लड सुगर चेक जाँच,इसिजी र यु एस जी पनि गरिएको गोल्डेन अस्पतालका प्रवन्धक सुधिर सिहं राठौरले जानकारी दिए । शिविरमा वडा न. ६ सहित अन्य वडाका मानिसहरुको पनि उपस्थिती रहेको उनले जानकारी दिए ।
उपचार गर्नेको संख्या ( ५०५ ) पांच सय पांच जना बढि रहेको छ। प्रवन्धक राठौरले भने : उपचार गर्नको लागि वृद्धहरुको संख्या धेरै रहेको थियो र विषेश गरि ओषधी र हाडजोर्नीको चेकजाँच गर्नेको संख्या धेरै रहेको उनले बताए । साथै वडा सचिव,वडा अध्यक्ष लगायत स्वास्थ्य साखा र क्लिनिकका सम्पुर्ण स्वास्थ्यकर्मीहरुको पूर्ण सहयोग रहेको बताए।
गोल्डेन हस्पिटल बिराटनगर बिगत लामो समय देखि पहुच नपुगेका जिल्लाहरुमा पुगी निरन्तर निशुल्क स्वाश्थ्य शिविर सेवालाई प्राथमिकतामा राखी स्वाश्थ्य शिविर गर्दै आइरहेको छ , हस्पिटलका चिकित्सक टोलि हरेक महिना जिल्ला जिल्ला पुगी निशुल्क औषधि वितरण देखि चेक जांच समेत गरिरहेको छ ।
फोटाहरु :
