विराटनगर । आफ्नो भविष्य सुन्दर बनाउने सपना बोकेर १९ वर्षकै उमेरमा ब्रिटिश सेनाको वर्दी लगाए
रोल्पाको थवाङ गाउँपालिका, मिरुलका हरि बुढामगरले ।
३१ वर्षको उमेर‘ रोयल गोर्खा राइफल्समा कार्यरत उनी सन् २०१० मा अफगानिस्तानको युद्ध मैदानमा थिए। त्यहीँ‘ एक ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ मा पाइला पर्यो। भीषण विस्फोट भयो। र‘ घुँडाभन्दा माथि दुवै खुट्टा सधैंका लागि छुटे।
होस खुलेपछि तीन सन्तानका पिता हरि बुढामगरलाई लाग्यो—“अब मेरो जीवन सकियो।” शारीरिक पीडा, मानसिक आघात, लामो समयसम्मको निराशा‘ रक्सीको सहारा, र कहिलेकाहीँ आत्महत्या गर्ने सोचसम्म। मानौं उनी जीवित भएर पनि मृत्युबरण गरिरहेका छन् ।
तर‘ जीवनले हार मानेन। घर–परिवार र सन्तानको मायाले उनीभित्र फेरि आशाको उज्यालो बाल्यो।
“मर्नु होइन,” उनले आफैँलाई भने, “अब म बाँचेर देखाउँछु।” शारीरिक असक्ततालाई चुनौती दिँदै
उनी साहसिक खेलतर्फ लागे— स्कीइङ, साइक्लिङ, गल्फिङ। आत्मविश्वास बढ्दै गयो। युरोप र अमेरिका पुगे। अपाङ्गता हुँदाहुँदै नेपालकै पहिलो स्की खेलाडी बने।
स्कुल पढ्दादेखि सगरमाथाको कथा सुनेका हरि बुढामगरका आँखामा अब नयाँ सपना थियो। र‘
कृत्रिम खुट्टाको सहायताले उनले विश्वकै अग्लो शिखर सगरमाथा
आरोहण गरेर विश्व कीर्तिमान राखे।
उनले २०२६ जनवरी ६ तारिख राति १०ः०० बजे ४,८९२ मिटर उचाइको माउन्ट भिन्सनको शिखरमा पुगेर नयाँ कृतिमान कायम गरेका छन् ।
जब कसैले सोध्छ— “दुवै खुट्टा नभएर पनि सगरमाथा कसरी चढिस् ” उनी मुस्कुराउँदै भन्छन्— “मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ।”
आज हरि बुढामगर अझ अर्को इतिहास रचेका छन् । सेभेन समिट’ अभियान अन्तर्गतविश्वका सातै महादेशका अग्ला शिखर चढेर । उनी सेभेन समिट पूरा गर्ने विश्वकै पहिलो डबल–एबभ–नी एम्प्युटी
व्यक्ति बनेका छन् ।
यो यात्रा कीर्तिमानका लागि मात्रै होइन— अपाङ्गताबारे सोच बदल्न, र आफूजस्ता हजारौँलाई
आफ्नै हिमाल चढ्ने हिम्मत दिनका लागि हो। “म विश्व पर्वतारोहण इतिहासमा नेपाल र नेपालीको नाम स्वर्ण अक्षरले लेखाउन चाहन्छु,”
भन्छन् हरि बुढामगर।
युद्धले खुट्टा खोस्यो, तर सपनालाई रोक्न सकेन। यो कथा अपाङ्गताको होइन,
अदम्य आत्मबलको हो।