काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रीको हैसियतमा विदेश भ्रमणमा नजाने स्पष्ट संकेत दिएका छन्। मन्त्री पुनका अनुसार, देशको अर्थतन्त्र सुधार्न केवल विदेश घुमेर केही हुँदैन, पैसा र ठोस पहल आवश्यक छ।
सामाजिक सञ्जालमा जारी सन्देशमा मन्त्री पुनले उल्लेख गरेका छन् कि उनलाई हाल दुई वटा वैदेशिक कार्यक्रममा सहभागी हुन निमन्त्रणा आएको छ, तर उनी सहभागी नहुने निश्चित भएको छ। यसअघि उनी तीन वटा वैदेशिक भ्रमणको निमन्त्रणा लिए पनि नगएको जानकारी दिइसक्नु भएको छ।
मन्त्री पुनले इजरायलको जेरुसलेममा आगामी फेब्रुअरी ४–६ र साउदी अरेबियाको ‘ह्युम्यान क्यापासिटी इनिसियटिभ’ कार्यक्रममा आगामी मे ३–४ तारिखमा हुने बैठकमा सहभागी हुन आमन्त्रण गरिएको पत्रहरू समेत सार्वजनिक गर्नुभएको छ।
उनको भनाइ अनुसार, “देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री वा अर्थमन्त्री आए पनि केही प्रगति हुने छैन।”