0
Shares
विराटनगर । “अबको रथ पृथ्वी पथ” नाराका साथ ३०४औँ पृथ्वी जयन्ति तथा एकता दिवस विराटनगरमा भव्यताका साथ मनाइयो। एकिकृत राष्ट्रिय संघर्ष समितिको आयोजनामा विराटनगरको महेन्द्र चोकमा पञ्चेबाजा सहित विशेष कार्यक्रम गरी यो अवसर मनाइएको हो।
कार्यक्रमको सभापतित्व मोरङ्गका अध्यक्ष बल्लब प्रसाद दाहालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा ने. वि.प. का केन्द्रीय अध्यक्ष संजीत ब. अर्जेल उपस्थित थिए।
उक्त अवसरमा सहभागीहरूले पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै राष्ट्रिय एकता र अखण्डताको महत्वलाई जोड दिएका थिए। कार्यक्रममार्फत सहकार्य, सहमति र लोकतान्त्रिक मूल्यका पक्षमा सचेतना फैलाउने उद्देश्यलाई प्राथमिकतामा राखिएको आयोजकहरूले जानकारी दिए।



