काठमाडौं । राइड सेयरिङ एप पठाओ का संस्थापक असिममान सिंह बस्न्यातले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै बस्न्यातले चुनावी अभियानमा तीन प्रमुख एजेन्डा अघि सार्ने बताए।
उनी भन्छन्, “व्यवस्था सहज नभए क्षमता भए पनि भविष्य अनिश्चित रहन्छ। म राजनीति गर्न होइन, जिम्मेवारी लिन आएको हुँ।”
उनले आफ्नो एजेन्डा यसरी प्रस्तुत गरे:
१. उद्यमशीलता र स्टार्टअपको प्रवर्द्धन: युवा पुस्ताले नेपालमै आफ्नो सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण सिर्जना गर्ने।
२. जवाफदेहीता र सुशासन: काम गर्नेले जबाफ दिनुपर्छ, निर्णय गर्नेले जिम्मेवारी लिनुपर्छ।
३. अनुभव र नयाँ पुस्ताको संयोजन: अनुभवी र युवा पुस्ताबीच संवाद, मार्गदर्शन र सहकार्यको अवसर सिर्जना गर्ने।
बस्न्यातको अभियान युवा र नवप्रवर्तनशील विचारधारामा केन्द्रित रहेको छ, जसले नेपाली राजनीतिमा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।