ट्रुथ सोसलमा ट्रम्पको दाबी: ‘म नै भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’

0 Shares

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्। उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एक तस्बिर सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन्।

ट्रम्पले सेयर गरेको उक्त तस्बिरमा स्पष्ट रूपमा ‘Acting President of Venezuela’ उल्लेख गरिएको देखिन्छ। यस दाबीले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।

यसअघि, जनवरी ३ मा अमेरिकाले भेनेजुएलाविरुद्ध कडा कदम चाल्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका पुर्‍याएको जनाएको थियो। मादुरोमाथि हाल अमेरिका अदालतमा हतियार तथा लागुऔषध तस्करी सम्बन्धी आरोपमा मुद्दा चलिरहेको बताइएको छ।

भेनेजुएलाको वर्तमान राजनीतिक अवस्थाबीच, उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको दाबी गरिएको छ। तर, ट्रम्पको पछिल्लो घोषणाले भेनेजुएलाको सत्ता संरचना र अन्तर्राष्ट्रिय मान्यतामाथि थप प्रश्न खडा गरेको छ।

सम्बन्धित समाचारसबै