धरानमा बोराभित्र लुकाएर ल्याइएको लागुऔषध बरामद, दुई पक्राउ

0 Shares

विराटनगर। सुनसरीको धरानमा मोटरसाइकल प्रयोग गरी लागुऔषध ओसारपसार भइरहेको अवस्थामा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित औषधि बरामद गरेको छ।

कालाबञ्जारबाट धरानतर्फ आउँदै गरेको को १८ प ४२५६ नम्बरको मोटरसाइकललाई धरान उपमहानगरपालिका–१७ स्थित एभीडी खानेपानी ट्यांकी नजिक रोकी जाँच गर्दा बोराभित्र लुकाएर राखिएको लागुऔषध फेला परेको हो।

इलाका प्रहरी कार्यालय धरानका अनुसार आइतबार गरिएको चेकजाँचमा बोरामा प्याक गरिएको अवस्थामा ९ हजार ९ सय १९ क्याप्सुल ट्रमाडोल बरामद गरिएको छ। लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई सोही क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक कोशी गाउँपालिका–१ का २३ वर्षीय रोशन झा र पछाडि सवार १८ वर्षीय जयप्रकाश यादव रहेका छन्। बरामद लागुऔषध, प्रयोग गरिएको मोटरसाइकल र दुवै अभियुक्तलाई हाल इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।

प्रहरीले उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐनअनुसार मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा दुवै जना लागुऔषध कारोबारमा संलग्न रहेको खुलेको प्रहरीको दाबी छ।


यदि चाहनु भयो भने य

सम्बन्धित समाचारसबै