सभापति पदमा गगन थापाको एकल उम्मेदवारी

0 Shares

काठमाण्डौँ । नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा थापाले सभापति पदमा एकल मनोनयन दर्ता गराएका हुन्।

निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो, “सभापति पदसहित महामन्त्री र अन्य पदाधिकारीमा पनि उम्मेदवारी दर्ता भइसकेको छ।”

संस्थापन पक्षबाट पुष्पा भुसालले ३० जना केन्द्रीय समिति सदस्यसँगै विशेष महाधिवेशनमा सहभागी भई सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन्। निर्वाचन समितिले ११:१५ सम्म मनोनयन दर्ताको समय तोकेको बताएको छ।

विशेष महाधिवेशनस्थलमा मनोनयन दर्तासँगै उम्मेदवारी फिर्ता फाराम भर्ने प्रक्रिया पनि जारी छ, जसले इच्छुक उम्मेदवारलाई पछि हट्ने अवसर प्रदान गरिरहेको छ।

सम्बन्धित समाचारसबै