0
Shares
काठमाडौं – प्रहरीले राजसंस्था पुनःस्थापनाको माग गर्दै ठूलो संख्यामा म्यासेज पठाएको आरोपमा चितवनका निर्देश सेढाईंलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार, सेढाईंलाई मंगलबार राति काठमाडौंको हात्तीसारबाट पक्राउ गरिएको हो।
सेढाईंले नेपाल टेलिकमको गेटवे मार्फत ‘एटी अलर्ट’ प्रणाली प्रयोग गरी करिब ५० लाख एसएमएस पठाएका थिए। पठाइएका म्यासेजमा उनले “नेपालका सबै समस्याहरूको सधैंका लागि मुक्तिको निम्ति प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचना सहितको सनातन संवैधानिक राजसंस्था स्थापनाको लागि निमन्त्रणा” गरिएको उल्लेख थियो।
एसपी आचार्यले सेढाईंले पठाएको म्यासेजले जनतालाई आतङ्कित पारेको आरोप रहेको र उनीविरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।