0
Shares
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन भएको छ। निर्वाचन समितिले जानकारी दिएको अनुसार मतदान आज राति ८ बजेदेखि सुरु हुनेछ।
यसअघि आज दिउँसो उम्मेदवारी दर्ता समय तोकिएको थियो। सभापतिमा गगन थापाको मात्रै उम्मेदवारी परेको छ भने महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेल उम्मेदवार बनेका छन्।
मंगलबारै मतदान हुने भनिए पनि संस्थापन पक्षसँग सहमति जुटाउनका लागि निर्वाचन स्थगित गरिएको थियो। आज पनि छलफल जारी भएकाले मतदानको समय पछि सारिएको निर्वाचन समितिले जनाएको छ।