गोरखामा एमालेको निर्णयले चर्चा, चक्रे मिलन गोरखा–२ बाट मैदानमा

0 Shares

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लामा उम्मेदवार टुंगो लगाउने क्रममा विवादास्पद निर्णय गरेको छ। पार्टीले गोरखा–२ निर्वाचन क्षेत्रबाट मिलन गुरुङ उर्फ चक्रे मिलनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

शनिबार सम्पन्न एमाले सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार निश्चित गर्ने क्रममा गोरखा–२ मा गुरुङलाई अघि सारेको बताइएको छ। गुरुङको नाम सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा यो निर्णयलाई लिएर चर्चा सुरु भएको छ।

बैठकले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट प्रक्रिया अझै बाँकी राखे पनि गोरखा जिल्लाका दुवै प्रतिनिधिसभा क्षेत्रका उम्मेदवार भने टुंगो लगाएको छ।

एमालेले गोरखा–१ बाट आरसी लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

गोरखा जिल्लामा एमालेको यो उम्मेदवार चयनले आगामी निर्वाचनलाई थप रोचक बनाउने अनुमान गरिएको छ, साथै पार्टीको निर्णयमाथि समर्थन र आलोचना दुवै सुरु भएको देखिन्छ।

सम्बन्धित समाचारसबै