0
Shares
काठमाडौँ । नेपाली कांग्रेसभित्र चर्किएको आधिकारिकता विवाद अब सर्वोच्च अदालतसम्म पुगेको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षले थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
देउवा पक्षका तर्फबाट नेता पूर्णबहादुर खड्काको नेतृत्वमा कानुनी प्रक्रिया अघि बढाइएको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिएकी छन्। उनका अनुसार रिट निवेदन हाल दर्ता हुने चरणमा रहेको छ।
रिटमा विशेष महाधिवेशन पक्षधरले पार्टी विधान र विधि मिच्दै महाधिवेशन आयोजना गरी नयाँ कार्यसमिति चयन गरेको दाबी गरिएको छ। त्यसलाई अवैधानिक ठहर गर्दै आयोगको निर्णय बदर गर्न माग गरिएको छ।
पार्टीभित्रको आन्तरिक विवाद न्यायालयसम्म पुगेपछि कांग्रेसको राजनीतिक र संगठनात्मक भविष्य थप अन्योलमा परेको विश्लेषण गरिएको छ।