मालेमा टिकट विवाद : नेतामाथि ओलीको मनोमानी आरोप

0 Shares

काठमाडौँ । नेकपा एमालेभित्र आगामी प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरणको प्रक्रिया विवादित बनेको छ। अध्यक्ष केपी शर्मा ओलीमाथि आफू निकटका नेतालाई प्राथमिकता दिनु र आलोचकलाई पाखा लगाउनुको आरोप बढ्दै गएको छ।

पार्टीको महाधिवेशनमा आफूलाई चुनौती दिएका नेताहरू प्रत्यक्षतर्फको टिकटबाट वञ्चित भएका छन्। ओखलढुंगाबाट सिफारिस भएका ईश्वर पोखरेलले टिकट पाएनन्, उनीसट्टा लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापालाई टिकट दिइएको छ।

चितवन–१ बाट निवर्तमान केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि सिफारिस सूचीमा छैन। उनको सट्टा कृष्णराज पाठकलाई टिकट प्रदान गरिएको छ।

उपमहासचिव योगेश भट्टराईको टिकट पनि होल्डमा राखिएको छ। ओलीले आफ्ना निकट नेता क्षितिज थेबेललाई अघि बढाउन खोज्दा ताप्लेजुङमा उम्मेदवार टुंगो नलागेको बताइएको छ।

ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्ट मात्र टिकट पाएका छन्। अर्का युवा नेताहरू, जस्तै विष्णु रिजाल, निरज आचार्य र झपट रावल, टिकटबाट वञ्चित भएका छन्।

पार्टीको महाधिवेशनमा महासचिव र सचिव पदमा लडेका नेताहरू—जस्तै सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल—माथि पनि प्रतिशोधको आरोप छ।

विवादित टिकट वितरणमा आपराधिक पृष्ठभूमि भएका उम्मेदवारलाई प्राथमिकता दिनु, पाल्पा–२ र काभ्रे–२ क्षेत्रका नेताहरूको नजरअन्दाज गर्नुले पार्टीभित्र असन्तुष्टि बढाएको छ।

अध्यक्ष ओली भने आफ्नो परम्परागत निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्ने तय गरेका छन्। निर्वाचन नजिकिँदै गर्दा टिकट वितरणको मनोमानी र असमान मापदण्डले एमालेको चुनावी परिणाममा असर पार्न सक्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचारसबै