“रास्वपा धादिङ–१ बाट आशिका तामाङलाई टिकट”

0 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई आफ्नो उम्मेदवारीको टिकट प्रदान गरेको छ।

सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममार्फत रास्वपा नेता गणेश पराजुलीले तामाङलाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरे।

यसअघि आशिका तामाङले काठमाडौँ क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने योजना रहेको बताएका थिइन्। रास्वपाले उनलाई धादिङमा उम्मेदवार बनाउँदा अब उनको चुनावी रणक्षेत्र परिवर्तन भएको छ।

सम्बन्धित समाचारसबै