प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

0 Shares

 रुकुम । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। मनोनयन दर्तापछि उनले भने, “म सांसद जित्न मात्रै रुकुम पूर्व आएको छैन, यो मेरो सम्भवतः अन्तिम निर्वाचन हुनसक्छ।”

प्रचण्डले लावाङ बैठकको ऐतिहासिक महत्व र पार्टीको शुद्धीकरण तथा क्रान्तिकारीकरणमा यसको योगदान स्मरण गरे। उनले आफ्नो संसदीय यात्रा रोल्पाबाट सुरु भई पूर्वी रुकुमसम्म पुग्दा गर्व महसुस भएको बताए र निर्वाचनमा देशभरि पार्टी जिताउन पूर्वी रुकुमका जनतालाई साथ दिन आग्रह गरे।

सम्बन्धित समाचारसबै