0
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता देशभर जारी छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म १ हजार २१४ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।
दर्ता भएका उम्मेदवारमध्ये ६५९ जनाको उम्मेदवारी रुजु भइसकेको छ भने ५५५ जनाको रुजु प्रक्रिया बाँकी रहेको आयोगले जनाएको छ। हाल सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको प्रक्रिया एकसाथ सञ्चालन भइरहेको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। समानुपातिकतर्फको मनोनयन प्रक्रिया यसअघि पुस १३ र १४ गते सम्पन्न भइसकेको थियो भने प्रत्यक्षतर्फको मनोनयन आज भइरहेको हो।