0
Shares
विराटनगर। मोरङ–६ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पुनः उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार अपराह्न कार्यकर्ताको उल्लेख्य उपस्थितिसहित निर्वाचन कार्यालय पुगेका कोइरालाले औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।
यस क्षेत्रबाट यसअघि निर्वाचित भइसकेका कोइरालाले गत निर्वाचनमा एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए। त्यसैले मोरङ–६ लाई कांग्रेसको बलियो आधार मानिँदै आएको छ।
आगामी निर्वाचनमा भने कोइरालालाई एमालेका विनोद ढकालले चुनौती दिने भएका छन्। दुवै दलका उम्मेदवार मैदानमा उत्रिएसँगै मोरङ–६ मा यसपटकको चुनाव रोचक र प्रतिस्पर्धात्मक हुने संकेत देखिएको छ।