झापामा आगजनी र तोडफोडप्रति ओलीको आपत्ति, कानुनी कारबाहीको चेतावनी

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापामा ‘जेनजी’ आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति र निजी संरचनामा भएको आगजनी र तोडफोडप्रति कडा आपत्ति व्यक्त गरेका छन्।

बुधबार आफ्नै गृहजिल्ला झापामा अवलोकन गर्दै ओलीले भने, “राष्ट्रिय सम्पत्ति, सार्वजनिक संरचना र राजनीतिक कार्यकर्ताको घर-कार्यालय जलाउने काम अपराधिक गतिविधि हुन्। यस्ता अपराधलाई प्रोत्साहन गर्न सकिँदैन। अपराध रोक्नुपर्छ र शान्तिपूर्ण, बस्न लायक देश बनाउनुपर्छ। अरूको घर जलाएर उन्मुक्ति पाउन सकिँदैन, उनीहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ।”

अध्यक्ष ओलीले वर्तमान अन्तरिम सरकारमाथि पनि आरोप लगाउँदै भने, “अहिलेको सरकार सायद उनीहरूकै हो, त्यसैले अपराधीहरूलाई जोगाउने काम भइरहेको छ।”

उक्त अवलोकन ओलीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गर्न सोमबार पुगेको अवसरमा गरेका हुन्। उम्मेदवारी दर्तापछि उनले जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको निरीक्षण गर्दै स्थलगत अवस्था अवलोकन गरेका छन्।

सम्बन्धित समाचारसबै