0
Shares
काठमाडौँ । निर्वाचन आयोगले सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीअन्तर्गत देशभरका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
केही निर्वाचन क्षेत्रमा एउटै राजनीतिक दलबाट दोहोरो उम्मेदवारी परेको हुँदा प्रारम्भिक नामावली रुजु गर्ने क्रममा उम्मेदवारको सूचीमा सामान्य हेरफेर भएको आयोगले जनाएको छ।
गत माघ ६ गते देशभर एकैसाथ मनोनयनपत्र दर्ता प्रक्रिया सम्पन्न भएको थियो। दर्ता भएका कुल उम्मेदवारमध्ये तीन हजार ८९ पुरुष, ३९६ महिला र एक जना तेस्रो लिङ्गी उम्मेदवार रहेका छन्।
आयोगका अनुसार दर्ता भएका उम्मेदवारको योग्यतासम्बन्धी कुनै आपत्ति वा उजुरी भए आजको दिनभित्र दर्ता गर्न सकिनेछ।