मोरङ–६ मा युवा जेनजी उम्मेदवारले पुराना नेतासँग प्रतिस्पर्धा गर्दै

0 Shares

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ यसपटक ‘हेभीवेट’ उम्मेदवारका कारण फेरि चर्चामा छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका विनोद ढकालले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। प्रारम्भिक सूचीमा यो क्षेत्र खाली देखिएकाले मतदातामा केही अनिश्चितता पनि थियो।

हालै राजनीतिमा उदाएका २५ वर्षीय राम खत्री, जो मोरङमा कान्छा उम्मेदवार हुन्, यस पटक जेनजी आन्दोलनको म्यान्डेट लिएर पुराना र परम्परागत नेताहरूसँग प्रतिष्पर्धा गर्दैछन्। भोजपुर घर भई विराटनगरमा बस्दै आएका खत्री, द काउन्सिल अफ जेनजी मोरङका संयोजक पनि हुन्।

खत्रीले भने, “जेनजी आन्दोलनपछि देशले नयाँपन र परिवर्तन खोजेको छ। हाम्रो मुद्दालाई नीतिगत रूपमै लागू गराउन चुनावमा उठेको हुँ।” उनले पुराना दलका पाका नेताहरू धेरै पटक परीक्षण भइसके पनि खासै परिवर्तन नआएको टिप्पणी गरेका छन्।

उनी सरसफाइ र वातावरण अभियानमा पनि सक्रिय छन् र समाजमा नयाँ परिवर्तनको माग अनुसार राजनीतिमा प्रवेश गरेको बताएका छन्। खत्रीको अपेक्षा छ कि युवा र पुराना दलबाट दिक्क भएका मतदाताले उनलाई समर्थन गर्नेछन्।

अघिल्लो पटक मोरङ–६ बाट कांग्रेसका शेखर कोइराला विजयी भएका थिए, जसले एमालेका लालबाबु पण्डितलाई पराजित गरेका थिए।

सम्बन्धित समाचारसबै