पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाम जाँदै, ‘श्री ५’ सम्बोधन फेरि प्रयोग

0 Shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम जाने भएका छन्। पूर्वराजाको संवाद सचिवालयका अनुसार माघ १२ गते दुवै जनकपुरधाम पुगेर जानकी मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको छ।

संवाद सचिवालयले जारी गरेको सूचनामा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव’ तथा कोमल शाहलाई ‘श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह’ उल्लेख गरिएको छ।

यसअघि भने संवाद सचिवालयले ज्ञानेन्द्र शाहलाई ‘पूर्व श्री ५’ भनेर सम्बोधन गर्दै आएको थियो। तर पछिल्लो सूचनामा ‘पूर्व’ शब्द नसमेटी सिधै ‘श्री ५ महाराजाधिराज’ प्रयोग गरिएको छ।

नेपालको संविधानअनुसार हाल राजसंस्था नरहेकाले ‘श्री ५ महाराजाधिराज’ भन्ने पदवी प्रयोग अनुचित भएको भन्दै यसअघि प्रहरीले संवाद सचिवालयका अधिकारीहरूलाई बोलाएर सचेत गराएको थियो। त्यसपछि सचिवालयले सामाजिक सञ्जालबाट सो सम्बोधन भएका केही वक्तव्य हटाएको थियो र केही सूचना ‘पूर्वराजा’ उल्लेख गरी सार्वजनिक गरिएको थियो।

तर पछिल्लो सूचनामा पुनः ‘श्री ५’ सम्बोधन प्रयोग गरिनुले चासो र बहसलाई पुनः उचाल्ने संकेत देखिएको छ।

615924125_724126497187542_3752570502860024107_n-(1)-1768986062.jpg

सम्बन्धित समाचारसबै