0
Shares
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचनको माहोलबीच भएको यो बैठकलाई विशेष अर्थका साथ हेरिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न चार जना मन्त्रीले पदबाट राजीनामा दिएपछि मन्त्रिपरिषद् पहिलो पटक बैठकमा बसेको हो। राजीनामा दिने मन्त्रीहरूमा ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, शिक्षामन्त्री महावीर पुन तथा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रहेका छन्।
मन्त्रीहरूको पद रिक्त भएपछि बसेको यस बैठकमा सरकारको समसामयिक गतिविधि, प्रशासनिक व्यवस्थापन र निर्वाचनकालीन सरकारी कार्यसञ्चालनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।