मनोनयनपछि ४९ उम्मेदवारले लिए नाम फिर्ता, आज अन्तिम नामावली सार्वजनिक हुने

0 Shares

काठमाडौँ । आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये देशभरबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल ३ हजार ४८७ जना उम्मेदवारले देशभरबाट मनोनयन दर्ता गराएका थिए। तीमध्ये शुक्रबार मात्रै ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा प्राप्त भएको उनले बताए।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने, “हालसम्म आयोगमा प्राप्त विवरणअनुसार देशभरबाट जम्मा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।”

यसैगरी, उम्मेदवारविरुद्ध ५ वटा दाबी–विरोधका उजुरी परेका थिए। आयोगका अनुसार तीमध्ये एक जनाको उम्मेदवारी खारेज भएको छ भने बाँकी चार जनाको उम्मेदवारी यथावत राखिएको छ।

निर्वाचन आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिह्न वितरण गर्ने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचारसबै