मधेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु

0 Shares

११ माघ, काठमाडौं । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ । जनकपुरधाममा आज बिहानैदेखि मतदान भइरहेको हो ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ सदस्य पदका लागि आज सातै प्रदेशमा एकैसाथ मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गत एक पदमा भने निर्विरोध चयन भइसकेको छ भने बाँकी १७ पदका लागि आज निर्वाचन भइरहेको छ ।

कोशी प्रदेशको खस आर्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख, साथै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

सम्बन्धित समाचारसबै