0
Shares
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा आज आफ्नाे नयाँ निर्वाचन क्षेत्र सर्लाही–४ पुग्ने भएका छन्। उम्मेदवारी दर्ता गरेपछि पहिलोपटक उनी प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्रमा जान लागेका हुन्।
सभापति थापाको सचिवालयका अनुसार उनी आज बिहान १०ः३० बजे काठमाडौँबाट सिमारा हुँदै सर्लाही प्रस्थान गर्ने कार्यक्रम छ। यसपटक थापाले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थिए।
यसअघि काठमाडौँ–४ बाट लगातार उम्मेदवार बनेका थापा यस निर्वाचनमा पहिलोपटक मधेश प्रदेशको सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका हुन्। नयाँ निर्वाचन क्षेत्र भएकाले उनको आजको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ।
सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंहसँग थापाको मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। दुवै उम्मेदवारबीचको चुनावी टक्करलाई चासोका साथ हेरिएको छ।