काठमाडौँ। निर्वाचन आयोगले पाँच जना उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ। आयोगले झापा–५ का बालेन्द्र शाह, भक्तपुर–२ का महेश बस्नेत, सुनसरी–१ का हर्क साम्पाङ, रुपन्देही–२ का निकोलस भुसाल र भक्तपुर–२ की जानुका पाठकलाई स्पष्टीकरण दिन निर्देशन दिएको हो।
बालेन्द्रमाथि त्यही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गरेको आरोपमा स्पष्टीकरण सोधिएको छ। महेश बस्नेतले बालेन्द्रलाई असभ्य शब्द प्रयोग गरेको विषयमा स्पष्टीकरण दिनुपर्ने छ। हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरी टिसर्ट लगाउन लगाएको र निकोलस भुसालले नवयुवा आन्दोलनको जुत्ता चुनाव चिह्नको रूपमा प्रचार गरेको आरोपमा पनि स्पष्टीकरण मागिएको छ।
यस्तै, जानुका पाठकले उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण दिइनुपर्ने आयोगको निर्देशन छ।
निर्वाचन आयोगले उम्मेदवारहरूलाई समानुपातिक र प्रतिनिधि सभा निर्वाचन आचारसंहिता अनुसार व्यवहार गर्न सचेत गराएको छ।