निर्वाचन आयोगले बुझायो राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन

0 Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमार्फत १८ जना सदस्य निर्वाचित भएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदन पेस कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, आयोगका सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचारसबै