चुनाव तयारीबारे आयोग र गृह मन्त्रालयबीच समन्वय बैठक

0 Shares

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोग र गृह मन्त्रालयबीच छलफल भएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच आज भएको भेटघाटमा चुनावी व्यवस्थापन, सुरक्षा समन्वय र प्रशासनिक तयारीका विषयमा कुराकानी भएको बताइएको छ।

छलफलमा निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत तथा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठलगायत उच्च अधिकारीहरू सहभागी थिए।

आगामी निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच आवश्यक समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा सहमति भएको जनाइएको छ।

सम्बन्धित समाचारसबै