काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शहीदहरूको साहस, चेतना र सङ्कल्पका कारण देश आज परिवर्तनको ऐतिहासिक चरणमा आइपुगेको बताएकी छन्।
शहीद दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा प्रधानमन्त्री कार्कीले भविष्यमा कुनै पनि आमाको काख फेरि रित्तिन नपरोस् भन्ने कामना गरेकी छन्। उनले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको चाहनामा सहादत प्राप्त गर्ने सबै वीर योद्धाप्रति सम्मान व्यक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले नागरिक स्वतन्त्रता र लोकतन्त्र स्थापनाका लागि आफ्नो जीवन बलिदान दिने शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेकी छन्।
सन्देशमा उनले शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माण गर्नु प्रत्येक शासकको दायित्व भएको उल्लेख गरेकी छन्। शहीदहरूको बलिदान सधैं स्मरणमा राखी जिम्मेवार शासन प्रणाली स्थापना गर्नुपर्नेमा उनले जोड दिएकी छन्।