विराटनगर नाकाबाट ब्राउन सुगरसहित युवक पक्राउ

0 Shares

विराटनगर। भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई प्रहरीले प्रतिबन्धित लागुऔषधसहित नियन्त्रणमा लिएको छ। विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाट नजिकैबाट प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद गरेको हो।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब ३ बजे पैदलमार्ग हुँदै नेपाल आउँदै गरेका झापा दमक नगरपालिका–४ का २९ वर्षीय एलिस कार्की शंकास्पद देखिएपछि चेकजाँच गरिएको थियो। सो क्रममा उनको साथबाट ९ ग्राम ३५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले कार्कीलाई लागुऔषधसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा राखेको छ।

पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचारसबै