१४ वर्षपछि पाकिस्तान र बङ्गलादेशबीच सीधा उडान पुनः शुरू

0 Shares

ढाका । कराची सिधा उडान १४ वर्षपछि पुनः सञ्चालनमा आएको छ। हिजोदेखि राष्ट्रिय ध्वजावाहक बङ्गलादेश एअरलाइन्सले कराँची उडान थालेको छ। अब हरेक हप्ताको बिहीवार र शनिवार ढाका–कराची उडान हुने कम्पनीले जनाएको छ।

सन् २०१२ देखि बङ्गलादेश र पाकिस्तानबीच नागरिकहरूले दुबई र दोहाजस्ता खाडी देशको विमानस्थलबाट यात्रा गर्नु पर्ने बाध्यता थियो।

विमान कम्पनीका अनुसार सिधा उडानले व्यापार, शैक्षिक आदानप्रदान र सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

सन् २०२४ मा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले १५ वर्षे शेख हसिनाको शासन अन्त्य गरेपछि पाकिस्तानसँगको सम्बन्धमा सुधार आएको हो। यसअघि नोभेम्बर २०२४ मा कराँची -चटगाउँ मालवाहक पानीजहाज सञ्चालनमा आएपछि दुई देशबीच व्यापार र सांस्कृतिक आदानप्रदान बढेको थियो।

सम्बन्धित समाचारसबै