सुधार स्टन्टले होइन, कानुन र प्रणालीले सम्भव :गगन थापा

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक संस्थाहरूमा सुधार र पारदर्शिता केवल स्टन्ट र चटक देखाएर सम्भव नभएको बताएका छन्।

शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्तासँगको भेटघाटमा उनले भने,”सार्वजनिक संस्थाहरूको आर्थिक कारोबार पारदर्शी बनाउन स्टन्ट देखाएर होइन, सही कानुन र प्रक्रिया निर्माण गरेर मात्र सम्भव छ।”

सभापति थापाले कांग्रेस प्रणाली र प्रक्रियामार्फत सुधार गर्ने विश्वास राख्ने पार्टी भएको र विश्वविद्यालय तथा संवैधानिक निकायमा हुने भागबण्डा र निजामती कर्मचारीमा राजनीतिकरण अन्त्य गर्ने प्रतिबद्धता जनाए।

उनले जोड दिए कि सुधार र सुशासनमार्फत मात्र परिणाम प्राप्त गर्न सकिन्छ। थापाका अनुसार पार्टीले सुधारका लागि स्पष्ट योजना पनि बनाइसकेको छ।

सम्बन्धित समाचारसबै