१५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न

0 Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष प्रणालीअन्तर्गत १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रयोग हुने मतपत्र छपाइको काम पूरा भएको छ। निर्वाचन आयोगका अनुसार छपाइ सम्पन्न मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पठाउने काम पनि अगाडि बढिसकेको छ।

जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा जारी मतपत्र छपाइअन्तर्गत डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोटका प्रत्यक्षतर्फका मतपत्र छापिसकिएको आयोगले जनाएको छ। त्यस्तै, दैलेखका निर्वाचन क्षेत्र नम्बर १ र २, सुर्खेतका क्षेत्र १ र २, रुकुमपश्चिम, बाजुरा र अछामका दुवै क्षेत्र, कैलाली क्षेत्र नम्बर १, झापा क्षेत्र नम्बर ५ तथा सुनसरी क्षेत्र नम्बर १ का मतपत्र छपाइ पनि सम्पन्न भइसकेको छ।

आयोगका अनुसार नमुना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छापेर सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइसकिएको छ। यसैगरी, समानुपातिक प्रणालीतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइको काम पनि पूरा भइसकेको जनाएको छ।

सम्बन्धित समाचारसबै