इरानमा रहेका नेपालीलाई तत्काल देश छोड्न सरकारको आग्रह

0 Shares

काठमाडौँ। नेपाल सरकारले इरानमा बसोबास वा कार्यरत नेपाली नागरिकहरूलाई तत्काल उक्त देश छोड्न आग्रह गरेको छ। अमेरिका र इरानबीच बढ्दो तनावका बीच सरकारले आज एडभाइजरी जारी गर्दै यस्तो अनुरोध गरेको हो।

जारी गरिएको एडभाइजरीमा नेपाल सरकारले इरानको वर्तमान अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई इरान भ्रमण नगर्न कडाइका साथ परामर्श दिएको छ। साथै, हाल इरानमा रहेका नेपालीहरूलाई उपलब्ध कुनै पनि सुरक्षित माध्यम प्रयोग गरी यथासम्भव छिटो देश छोड्न अनुरोध गरिएको छ।

एडभाइजरीमा भनिएको छ, “इरानमा भइरहेका पछिल्ला घटनाक्रमलाई ध्यानमा राख्दै नेपाली नागरिकहरूलाई अवस्था सामान्य नहुन्जेलसम्म त्यसतर्फ यात्रा नगर्न कडाइका साथ परामर्श दिइन्छ। त्यस्तै, हाल इरानमा बसोबास वा कार्यरत नेपाली नागरिकहरूलाई उपलब्ध कुनै पनि माध्यमबाट यथासम्भव छिटो देश छोड्न अनुरोध गरिन्छ।”

सरकारले इरानस्थित नेपाली नागरिकहरूलाई आकस्मिक परिस्थितिमा सहज रूपमा बाहिरिनका लागि पासपोर्ट तथा अन्य परिचयपत्रहरू सधैँ तयार अवस्थामा राख्न पनि अनुरोध गरेको छ।

आवश्यक समन्वय तथा सहयोगका लागि परराष्ट्र मन्त्रालय, काठमाडौँ तथा नेपाली दूतावास, दोहासँग सम्पर्क गर्न परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।

सम्बन्धित समाचारसबै