0
Shares
बैतडी । बैतडीमा भीरबाट लडेर एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । निर्वाचन सुरक्षाका लागि खटाइएका दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्दको बुधबार बिहान दुर्घटनामा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार निर्वाचन प्रहरीहरूका लागि सुन्दरखाली मैदानमा बिहान तालिम सञ्चालन गरिएको थियो । तालिम सकिएपछि फर्किने क्रममा खरकटे सल्लेरी भन्ने स्थानमा रहेको भीरबाट चन्द लडेका थिए ।
भीरबाट लडेर गम्भीर घाइते भएका चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।