सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु

0 Shares

झापा। झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण हुँदा स्थानीय खेम ढकालको मृत्यु भएको छ। प्रहरीका अनुसार ढकाल हिजो बेलुकी छिमेकीको घरबाट फर्कँदै गर्दा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका थिए।

घाइते ढकाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा संलग्न भएको आशङ्कामा सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरिएको छ।

सिरिन्जमा प्रयोग भएको पदार्थबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारसबै