मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा

0 Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। साइबर ब्युरोका एक अधिकृतका अनुसार उनलाई रिहा गर्ने कानुनी प्रक्रिया अघि बढाइएको हो।

प्रसाईंलाई गत शुक्रबार नेपाल प्रहरीले चाल्नाखेलबाट पक्राउ गरेको थियो। उनीमाथि निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाइएको थियो।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजकसमेत रहेका प्रसाईं यसअघि पनि सार्वजनिक शान्तिविरुद्धको कसुरमा गत माघ ५ गते पोखराबाट पक्राउ परेका थिए। त्यसको भोलिपल्ट माघ ६ गते उनलाई हाजिर जमानीमा रिहा गरिएको थियो।

सम्बन्धित समाचारसबै