0
Shares
विराटनगर । मोरङको रंगेली नगरपालिका २ जलियामा ३५ वर्षीया मोरङमई मुर्मु घर भित्रै मृत फेला परेकी छिन् । आइतबार साढे १२ बजे प्रहरीले सूचना पाएपछि इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी बबिया बिर्ताको टोलिले घटनास्थल सुरक्षित गरेको थियो ।
मोरङका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार मृत्यु के र कुन कारणले भएको हो भन्ने अहिलेसम्म यकिन भएको छैन । घटनाको सुक्ष्म अनुसन्धान सुरु गरिएको छ ।