राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति लामिछानेद्वारा दुई तिहाइ सरकारको दाबी

0 Shares

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा चुनावपछि दुई तिहाइको सरकार बन्ने दाबी गरेका छन्।

रुपन्देही–१ मा आयोजित चुनावी कार्यक्रममा सभापति लामिछानेले जनता अझै आशावादी रहेको बताए। उनले भने, “मान्छेहरू भन्छन् देशमा निराशा छ। तर म तपाईंहरूको आँखामा आशा नै आशा देख्छु। अब दुई तिहाइको सरकार, कमसेकम बहुमतको सरकार बन्छ।”

लामिछानेले फागुन २१ लाई इतिहास बदल्ने मितिको रूपमा समेत उल्लेख गर्दै जनताको मनभित्र रहेको आशालाई जीवित राख्न आफू रूपन्देही आएको बताए।उनले थपे, “यसपटकको फागुन २१ मिति होइन, इतिहास हो। कोसेढुंगा हो, त्यसका लागि तयार रहनुहोला।”

सम्बन्धित समाचारसबै