विराटनगर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत क्षेत्र नं. ५ मा उम्मेदवार शिवकुमार मण्डलको पक्षमा माहोल थप उत्साहित बन्दै गएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी सभालाई सम्बोधन गर्दै शिवकुमारलाई विजयी गराउन जनतासँग विशेष अपिल गरेका छन्।चुनावी कार्यक्रममा प्रचण्डले शिवकुमार मण्डललाई इमानदार, कर्मठ र जनताको दुःख सुखमा सधैँ साथ दिने नेता भएको उल्लेख गरे।
शिवकुमार मण्डलले विगतदेखि नै क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका छन् । “शिवकुमार मण्डल जनताको वास्तविक प्रतिनिधि रहेको र उनलाई संसदमा पठाउनु भनेको क्षेत्रको समृद्धिको ढोका खोल्नु होभन्ने स्थानिएको भनाई छ । निर्वाचन केवल उम्मेदवार जिताउने विषय नभई लोकतन्त्र सुदृढ गर्ने र जनताको अधिकार सुनिश्चित गर्ने अभियान भएको भन्दै क्षेत्र नं. ५ लाई विकासको नयाँ उचाइमा पुर्याउन शिवकुमारको जित अपरिहार्य रहेको स्थानियले बताए ।
स्थानीय स्तरमा पनि शिवकुमार मण्डलले जनताको घरदैलोमा पुगेर शिक्षा सुधार, रोजगारी सिर्जना, कृषि प्रवर्द्धन र सडक पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्। उनको सरल स्वभाव, स्पष्ट दृष्टिकोण र विकासप्रतिको दृढ अठोटका कारण मतदातामाझ सकारात्मक सन्देश फैलिएको देखिन्छ।
स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणले पनि शिवकुमारलाई अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता जनाएका छन् । क्षेत्र नं. ५ मा अहिले परिवर्तन र विकासको नारासहित शिवकुमार मण्डलको पक्षमा बलियो जनसमर्थन देखिएको छ।