बीपीको परम्परा दोहोरिँदै, गगनकुमार थापाले कांग्रेसको घोषणापत्र आफैं लेख्ने:शंकर तिवारी

0 Shares

स्याङ्जा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको घोषणापत्र आफैं तयार गर्ने भएका छन्। कांग्रेस युवा नेता शंकर तिवारीले स्याङ्जा क्षेत्र नम्बर १ पुतली बजारमा आयोजित निर्वाचन लक्षित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा यो जानकारी दिएका हुन्।

तिवारीका अनुसार, नेपाली कांग्रेसले घोषणापत्रलाई अब “संकल्पपत्र” नाम दिने तय गरेको छ। संस्थापक नेता बीपी कोइरालाले २०१५ सालको प्रथम आम निर्वाचनमा आफैं पार्टीको घोषणापत्र तयार गरेका थिए। त्यसबेला पनि बीपी कोइराला विशेष अधिवेशनबाट सभापतिमा चयन भएका थिए भने अहिले गगनकुमार थापाको विशेष अधिवेशनबाट सभापतिमा चयन हुनु रोचक संयोग हो।

शंकर तिवारीले बताए अनुसार, घोषणापत्रको कार्यान्वयन प्रधानमन्त्रीको उम्मेदवारले गर्ने भएकाले गगन थापाले आफैं लेख्ने जिम्मेवारी लिनु परेको हो।

सम्बन्धित समाचारसबै