मोरङ–५ मा राष्ट्रिय युवा संघको नयाँ नेतृत्व, सलमान सेख संयोजक चयन

0 Shares

मोरङ । राष्ट्रिय युवा संघ नेपाल, मोरङ जिल्ला कमिटीको विस्तारित बैठकले सलमान सेखलाई क्षेत्र नम्बर ५ को संयोजकको जिम्मेवारी सुम्पिएको छ। संघका केन्द्रीय अध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष प्रवीण घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले सर्वसम्मत रूपमा सेखलाई चयन गरेको हो।

वडा नम्बर १७ बाट साधारण सदस्यका रूपमा संगठनात्मक यात्रा सुरु गरेका सेखले निरन्तर सक्रियता, अनुशासन र युवामाझ बढ्दो लोकप्रियताका कारण क्षेत्रीय नेतृत्वको अवसर पाएका हुन्। जिल्ला कमिटीका अनुसार संगठनप्रति देखाएको प्रतिबद्धता र कार्यक्षमताको मूल्यांकन गर्दै उनलाई संयोजक बनाइएको हो।

बैठकमा युवाशक्तिलाई सामाजिक रूपान्तरण, राष्ट्र निर्माण र लोकतान्त्रिक मूल्यको संरक्षणमा संगठित र सक्रिय बनाउने विषयमा गहन छलफल गरिएको थियो। साथै, क्षेत्र नम्बर ५ भित्र संगठन विस्तार, सदस्यता अभियान सुदृढीकरण र युवामुखी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय समेत पारित गरिएको छ।

नवनियुक्त संयोजक सेखले आफूलाई दिइएको जिम्मेवारीलाई इमान्दारी र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवाका हक, अधिकार र आवाजलाई सशक्त रूपमा उठाउने बताएका छन्।

सम्बन्धित समाचारसबै