निषेधाज्ञा बाबजुद विमानस्थल वरिपरि समर्थकहरूको भिड

0 Shares

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाहिर भेला भएका छन्।

काठमाडौं प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गर्दै सुरक्षा कडा बनाएको भए पनि राजावादी समूहका समर्थकहरू ठूलो संख्यामा उपस्थित छन्। बिहानैदेखि विमानस्थल क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

पूर्वराजा शाह आज झापाबाट काठमाडौं आउँदै छन्। उनको स्वागतका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमेत विमानस्थल पुगेका छन्।

हाल विमानस्थलबाहिर समर्थकहरूको उल्लेख्य भीड देखिएको छ। प्रहरीले राजावादी समूहका समर्थकहरूलाई विमानस्थल परिसर प्रवेश गर्न नदिई बाहिरै रोकेको छ। समर्थकहरूले नारावाजी गरेकाले विमानस्थल आवतजावतमा असर परेको छ भने यात्रुहरूले प्रवेश र बाहिरिनमा असहज भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

सम्बन्धित समाचारसबै