सुनसरीमा भारतीय नागरिकसहित जालीनोट, पेस्तोल र लागुऔषध बरामद

0 Shares

सुनसरी । कोशी गाउँपालिका–३ जमुवाबाट भारतीय नागरिकलाई जालीनोट, स्वचालित पेस्तोल र करिब १०० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। निर्वाचन क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बलको बिओपी श्रीपुर टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला स्थित बेला ग्राम पंचायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवान रहेका छन्। उनी भारतीय सीमाबाट शुक्रबार बेलुका कोशी गाउँपालिका तर्फ प्रवेश गर्ने क्रममा बीआर ५० एजे ४२२९ नम्बरको मोटरसाइकलमा सवार थिए।

सशस्त्र प्रहरी टोलीले मोटरसाइकल जाँच गर्दा उनको साथबाट भारतीय र नेपाली नगद, स्वचालित पेस्तोल, पेस्तोलमा लाग्ने गोली, ब्राउनसुगर र लागुऔषध बरामद भएको छ। बरामद लागुऔषधमा ६ वटा क्याप्सुल र ५ वटा निट्राजिपाम ट्याब्लेट समेत रहेका छन्।

पक्राउ परेकालाई थप अनुसन्धानको लागि स्थानीय प्रहरीले नियन्त्रणमा राखेको छ र बरामद सामग्रीसहित आवश्यक कानुनी कारबाही अगाडि बढाइँदैछ।

सम्बन्धित समाचारसबै