राप्रपा अध्यक्ष लिङ्देनको समाजवाद र साम्यवाद असफल भएको दाबी

0 Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले साम्यवादी र समाजवादी दर्शन विश्वभर असफल भइसकेको दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले परम्परागत समाजवाद र साम्यवादले अब काम नगर्ने जिकिर गरे।

अध्यक्ष लिङ्देनका अनुसार, विश्वका ठूला राष्ट्रहरू अहिले संवर्द्धनवादतर्फ उन्मुख छन् र नेपाललाई बनाउन तथा बचाउन यही विचारधारा उपयुक्त रहेको छ। उनले भने, “अहिले संसारका शक्तिशाली देशहरू ‘मेरो परम्परा र मेरो राष्ट्र प्रथम’ भन्ने मान्यताबाट प्रेरित छन्। जगबिनाको छतले राष्ट्र र समाजलाई क्षति पुर्‍याउँछ। त्यसैले निरन्तरतासहितको परिवर्तन र दिगो विकासका लागि संवर्द्धनवाद नै अबको साझा बाटो हो।”

उहाँले विकास र परिवर्तनको नाममा मुलुकका मौलिक संरचना भत्काउन नहुनेमा जोड दिए। संवर्द्धनवादलाई आफ्नो पार्टीको मुख्य वैचारिक आधार बनाइएको उनले जानकारी दिए र यसले मुलुकको हित सुनिश्चित गर्ने बताए।

सोही अवसरमा अध्यक्ष लिङ्देनले गैरआवासीय नेपालीहरूको विषयमा पनि धारणा व्यक्त गर्दै, राज्यले वंशजका आधारमा नागरिकता दिन हिचकिचाउनु नहुने बताएका छन्।

सम्बन्धित समाचारसबै